
काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार बिहीबार चाँदी प्रतितोला १ सय ६० रुपैयाँले घटेर ४ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँ रहेको थियो।अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनको प्रभाव नेपाली बजारमा पनि परेको महासङ्घले जनाएको छ।



























