काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य थप सस्तिन पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २०० रुपैयाँले घट्दै ९४ हजार ३०० रुपैयाँमा झरेको हो ।यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा २०० रुपैयाँले नै घट्दै ९३ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले घट्दै प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार १७५ रुपैयाँमा कारोबार भएको थियो ।