काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ लाख ४४ हजार ३ सय रूपैयाँमा कारोवार भएको सुन शुक्रबार १ सय रूपैयाँले बढेर १ लाख ४४ हजार ४ सय रूपैयाँमा कारोवार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ७० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।