काठमाडौं- नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक, फोनपेले ‘फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ’ अफर योजना सार्वजनिक गरेको छ । दुई महिनासम्म चल्ने अभियान भदौ ३१ मा बन्द हुने फोनपले जनाएको छ ।अभियानको अन्त्यमा दुई विजेतालाई आईफोन १५ प्रो उपलब्ध हुने फोनपेले बताएको छ । यो मेगा उपहार जित्न प्रयोगकर्ताहरूले फोनपे डिरेक्टबाट पैसा पठाउदा रिमार्क्स सेक्सनमा प्रमोकोड फोनपे डिरेक्ट राख्नुपर्ने छ । अभियान अवधिमा मोबाइल बैंकिंग एप प्रयोग गरेर फोनपे डिरेक्टमार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नु पर्ने कम्पनीले जनाएको छ ।फोनपेका चिफ इसट्राटेजी अफिसर सुबोध शर्माले भने फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ अभियान पुनः ल्याउन पाएको खुसी व्यक्त गरेका छन् । अभियानले आमनागरिकलाई अनलाइन भुक्तानीका लागि प्रोत्साहन गर्ने कम्पनीको विश्वास छ । फोनपेले आफ्ना ग्राहकको वित्तीय कारोबारको सुरक्षालाई प्राथमिकता राख्दै आएको बताएको छ ।