
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजारका सबै प्रमुख सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३६.२५ अंक अर्थात् १.३६ प्रतिशतले घटेर २ हजार ६१८ अंकमा झरेको छ ।बजारमा कारोबार रकमसमेत घटेको छ । मंगलबार ७ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ६ अर्ब ३५ करोड रुपैयाँमा सीमित भएको छ ।बुधबार जीवन बीमा समूह सबैभन्दा धेरै २.०४ प्रतिशतले घटेको छ । बैंकिङ समूह १.२२ प्रतिशत, विकास बैंक १.३६ प्रतिशत, वित्त १.०९ प्रतिशत, होटल तथा पर्यटन ०.९८ प्रतिशत, जलविद्युत् १.६६ प्रतिशत, लगानी १.४९ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४५ प्रतिशत र माइक्रोफाइनान्स समूह १.३१ प्रतिशतले घटेका छन् ।त्यस्तै निर्जीवन बीमा समूह १.३२ प्रतिशत, अन्य समूह १.६५ प्रतिशत र व्यापार समूह १.२६ प्रतिशतले घटेका छन् ।आज कारोबार भएका कम्पनीमध्ये २३ वटाको सेयर मूल्य बढेको छ भने २५३ कम्पनीको मूल्य घटेको छ । दुई कम्पनीको मूल्य भने स्थिर रहेको छ ।मूल्य बढ्ने कम्पनीतर्फ धौलागिरि लघुवित्तको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ । सीवाईसी लघुवित्त ५.४४ प्रतिशत, विकास हाइड्रोपावर ३.५४ प्रतिशत, बोटलर्स नेपाल (बालाजु) ३ प्रतिशत र मिडसोलु हाइड्रोपावर २.६४ प्रतिशतले बढेका छन् ।यता फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य ८.५४ प्रतिशतले घटेको छ । माउन्ट एभरेस्ट पावर ५.७२ प्रतिशत, इङवा हाइड्रोपावर ५.२२ प्रतिशत र पियोर इनर्जी ४.७९ प्रतिशतले घटेका छन् ।बुधबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन डिस्टिलरी, लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत् र घलेम्दी हाइड्रोपावर अगाडि रहेका छन् ।


























