
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से ३२.६५ अंकले घटेर २ हजार ६५७.५० विन्दुमा झरेको हो ।आज ३४० कम्पनीका १ करोड ६८ लाख ५८ हजार ५९४ कित्ता शेयर किनबेच हुँदा कुल ६ अर्ब १८ करोड ७८ लाख ८४ हजार ६२४ रुपैयाँको कारोबार भएको छ ।आज सबै समूहका शेयर मूल्यमा गिरावट आएको छ ।कारोबारका क्रममा बेनी हाइड्रोको शेयर मूल्य सबैभन्दा बढी १३.५८ प्रतिशतले बढेको छ । त्यस्तै, मकर जितुमाया सुरी हाइड्रोको शेयर मूल्य ८.७७ प्रतिशतले वृद्धि भएको छ ।यसैगरी, सानिमा लार्ज क्याप फण्डको शेयर मूल्य सबैभन्दा बढी ४.८६ प्रतिशतले घटेको छ ।कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको ३७ करोड ६३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको २९ करोड ४२ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ ।



























