
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदहरुसंग छलफल गरेको छ ।सिंहदरबारमा सोमबार बसेको बैठकमा संशोधनकर्ता सांसदहरुले विधेयकमाथिको संशोधनका बारेमा जानकारी गराउदै स्वदेशकै विश्वविद्यालयमा विद्यार्थी आकर्षित गर्ने गरि कानून बन्नुपर्नेमा जोड दिएका थिए ।विधेयकमाथिको संशोधनकर्ता सांसद ठाकुरप्रसाद गैह्रेले औचित्य पुष्टि हुने गरि विधेयकमा रहेका व्यवस्थामाथि सहमति जुटाउनुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयको सम्बन्धन र स्वकृतिका बिषयमा विधेयकमाथि रहेको व्यवस्थामा आवश्यकता बमोजिम भन्ने व्यवस्था राख्नुभयो ।त्यस्तै संशोधनकर्ता सांसद तेजुलाल चौधरीले धेरै विश्वविद्यालयमा विद्यार्थीहरु नै नभएको अवस्थामा अव कस्तो र कतिसंख्यामा विश्वविद्यालय आवश्यक छ भन्ने सोच्न जरुरी भइसकेको बताउनुभयो । उहाले पछिल्लो समय धेरै विद्यार्थीहरु अध्ययनका लागि विदेश गइरहेको अवस्थामा नेपालको शिक्षामा देखिएको कमजोरीलाई सुधार गर्नुपर्ने सुझाव दिनुभयो ।त्यस्तै सांसदहरुले बङ्गलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने विद्यार्थीको सूची हेरफेरका बिषयमा छानविन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।




























