
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा गठित छनोट समितिले उपकुलपतिका लागि प्रा. डा. बरालसहित प्रा. डा. विकास नकर्मी र बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा बराललाई उपकुलपति नियुक्त गरिएको हो ।सरकारले गत वैशाखमा अध्यादेशमार्फत तत्कालीन उपकुलपति अच्युत वाग्लेलाई पदबाट हटाएपछि केयूको उपकुलपति पद रिक्त थियो । त्यसपछि जेठ १९ गते बसेको केयू सभाले नयाँ उपकुलपति छनोटका लागि शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा समिति गठन गरेको थियो ।समितिमा केयूका पूर्वउपकुलपति प्रा. डा. सुरेशराज शर्मा र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य रेशु अर्याल ढुंगाना सदस्य रहेका थिए ।


























