काठमाडौं । विकास आचार्यले निर्देशन गर्ने ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखलामा अभिनेत्री आँचल शर्मा अनुबन्धित हुने भएकी छन् ।आँचलले ‘नाइँ नभन्नु ल ६’मा काम गर्ने मौखिक सहमति भइसकेको निर्देशक आचार्यले जानकारी दिए । फिल्मको नायक र अन्य कलाकार भने छनोट भइनसकेको उनले बताए । आँचलले आचार्यकै फिल्म ‘नाइँ न भन्नु ल ४’बाट फिल्मी करिअर शुरु गरेकी थिइन् ।‘नाइँ नभन्नु ल’ का हरेक श्रृंखलामा मुख्य भूमिकामा देखिँदै आएका बालकलाकार अनुभव रेग्मी भने यो फिल्ममा अटाउने छैनन् । उमेर बढेका कारण फिल्ममा उनको भूमिका नरहने आचार्यले बताए ।केही दिनमै पत्रकार सम्मेलन गरेर ‘नाइँ नभन्नु ल ६’का विषयमा औपचारिक जानकारी दिइने बताइएको छ । फिल्मको छायांकन भदौको दोस्रो साताबाट शुरु गरिने पनि निर्देशक आचार्यले बताए ।