
काठमाडौं- उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले महाकाली नदिमा झोलुङ्गे पुल निर्माणका लागि सहमति लिने प्रक्रिया सहज बनाउन भारतसंग आग्रह गर्नुभएको छ ।सोमबार सिंहदरबारमा भारतीय विदेश सचिव विक्रम मिस्री नेतृत्वको टोलीले गरेको शिष्टाचार भेटका क्रममा सिंहले महाकाली नदिमा पुल नहुदा बर्षेनी नेपालीहरुले ज्यान गुमाउनुपरेकाले तुइन विस्थापीत गरि झोलुङ्गे पुन निर्माणका लागि सहमति लिने प्रक्रिया सहज बनाउन आग्रह गर्नुभएको हो ।जवाफमा भारतीय सचिवले आफुले झोलुङ्गे पुन निर्माणका लागि सहमति दिनका लागि सकारात्मक रहेको बताउनुभएको सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाले जानकारी दिनुभयो ।भेटका क्रममा नेपालको आर्थिक पूर्वाधारमा गरेको सहयोगको समिक्षा, नेपालको शहरी बिकासको क्षेत्रमा सम्भाव्य सहयोग लगाएतका बारेमा पनि कुराकानी भएको गेलालले बताउनुभयो ।त्यस्तै भेटवार्ताका क्रममा आगामी दिनमा दुई देशबीचको सहकार्यलाई मजबुद बनाउने बिषयमा छलफल भएको र सिंहले भारतीय सचिवलाई सफल कार्यकालको शुभकामना समेत दिनुभएको थियो ।




























