काठमाडौं । छिल्लो समयमा नेपाली चलचित्र उद्योगको एउटा चर्चित नाम हो स्वस्तिमा खड्का । २०१५ मा फिल्म ‘होस्टेल रिटन्र्स’ बाट चलचित्र क्षेत्रमा पदार्पण गरेकी थिइन्, जुन चलचित्र मार्फत उनलाई सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि राष्ट्रिय चलचित्र पुरस्कारका लागि मनोनयनमा समेत परिन् ।उनले पछि ‘लभ लभ लभ’ र ‘छक्का पञ्जा’, ‘नाई नभन्नु ल’, ‘प्रेम गीत २’, ‘२ रुपैयाँ’, ‘छक्का पञ्जा ३’, ‘जय भोले’, ‘नाइ नभन्नु ल ५’,'चपली हाईट ३' जस्ता उत्कृष्ट फिल्ममा अभिनय गरेपनि ‘बुलबुल’ फिल्मले भने उनलाई निकै सफलता दिएको थियो । यस फिल्मबाट स्वस्तिमाले विभिन्न अवार्ड पनि पाएकी थिइन् । उनको फिल्म छक्का पञ्जा २ ले पनि व्यवसायिक रुपमा सफलता प्राप्त गरेको थियो ।चलचित्र क्षेत्र प्रवेश गर्नु अगाडी १७ वर्षको उमेरमा मिस टिन नेपालमा भाग लिएकी स्वस्तिमाले २०१६ मा २० वर्षको उमेरमा निर्देशक तथा निर्माता निश्चल बस्नेतसँग विवाह गरेकी थिइन् ।