काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको दौडबाट बाहिरिएपछि बुधवार राति राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधनका क्रममा बाइडेनले जनतालाई आफ्नो निर्णयबारे जानकारी गराउँदै नयाँ पुस्तालाई अघि बढाउन अपिल गरे । राष्ट्रपति बाइडेनले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान उपराष्ट्रपति तथा राष्ट्रपतिकी नयाँ उम्मेदवार कमला ह्यारिसलाई समर्थन गर्न आग्रह गरे ।राष्ट्रपति बाइडेनले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति निर्वाचनमा वर्तमान उपराष्ट्रपति तथा राष्ट्रपतिकी नयाँ उम्मेदवार कमला ह्यारिसलाई समर्थन गर्न आग्रह गरे । ओभल अफिसबाट राष्ट्रका नाममा गरेको सम्बोधनमा बाइडेनले देशमा नयाँ सोच र नयाँ आवाजको लागि ठाउँ रहेको बताए ।बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिन आफू सबैभन्दा राम्रो उम्मेदवार भएको हप्तौंदेखि जोड दिइरहेका थिए । तर, अचानक उनले दौडबाट पछि हटेको घोषणा गरेका हुन् । यस्तो अवस्थामा, यस भाषणको माध्यमबाट, बाइडेनले पहिलो पटक जनतालाई प्रत्यक्ष सम्बोधन गरे र आफ्नो निर्णयको कारण बताए ।बाइडेनको यो सम्बोधनमा सारा विश्वको नजर अडिएको थियो । उहाँ कोभिड संक्रमणबाट निको भएर एक दिनअघि नै ह्वाइट हाउस फर्किनुभएको थियो । यसअघि पूर्वराष्ट्रपति र रिपब्लिकन राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि आक्रमण भएको एक दिनपछि बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको थियो ।बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई आफ्नो समर्थन उल्लेख गर्दै आफ्नो भाषणको अन्त्य गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘म हाम्रा महान उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद दिन चाहन्छु । उहाँ अनुभवी हुनुहुन्छ । उहाँ दृढ हुनुहुन्छ । उहाँ सक्षम हुनुहुन्छ । उहाँ मेरो लागि एक अद्भुत साझेदार र हाम्रो देशको लागि एक नेता हुनुहुन्छ ।’