काठमाडौं । क्यूएफएक्स चेनका हलमा २.५ फिटभन्दा साना बालबच्चाले प्रवेश नपाउने भएका छन् । बुधबार एक सूचना जारी गर्दै यो मल्टिप्लेक्स चेनले यस्तो निर्णय गरेको हो ।हलमा तोकिएको उचाइभन्दा अग्ला वृद्धदेखि बालकसम्मका दर्शकलाई भने तोकिएको टिकट दर लागू हुने जनाएको छ ।क्यूएफएक्सका बजार प्रमुख सुलभ कक्षपतिले साना बालबच्चाको स्वास्थ्य र हलभित्रको मनोरञ्जनको वातावरणलाई ख्याल गरेर साना बालबच्चालाई प्रवेशमा रोक लगाइएको बताए ।‘बच्चाको स्वास्थ्य, त्यहाँभित्रको हावाको समस्या, अँध्यारो वातावरणले साना बालबच्चालाई रोक्ने निर्णय गरेका हौं’ कक्षपतिले भने, ‘काखे बच्चालाई हलभित्र लैजाँदा अन्य दर्शकबाट मनोरञ्जनको वातावरण नभएको गुनासो पनि आयो ।’क्यूएफएक्सका बजार प्रमुख सुलभ कक्षपतिले साना बालबच्चाको स्वास्थ्य र हलभित्रको मनोरञ्जनको वातावरणलाई ख्याल गरेर साना बालबच्चालाई प्रवेशमा रोक लगाइएको बताएका छन् ।यसअघि साना बालबच्चालाई हलभित्र निःशुल्क प्रवेश थियो ।