कास्की । बाल अभियन्ता प्रेन्सा रेग्मीले विद्यालयलाई सेनिटर बक्स, प्याड र स्टेशनरीका सामाग्री सहयोग गरेकी छन् । बिश्व वातावरण दिबसको अवसरमा पोखरामा रहेको समाता स्कुल र जानकी माध्यामिक विद्यालयलाई सेनिटर बक्स,प्याड र स्टेशनरी सामग्री सहयोग गरेकी हुन् ।बिश्व वातावरण दिबसको अवसरमा स्कुलले आयोजना गरेको एक कार्यक्रममा बाल अभियन्ता रेग्मीले स्कुलमा किशोरीलाई महिनावारी हुदा प्याडको सहज होस भन्ने उदेश्यले सेनिटर बक्स, प्याड सहयोग गरेको बताइन् ।बिश्व वातावरण दिवसको अवसरमा बाबा फाउन्डेसन नेपालले बृक्षारोपण पनि गरेको छ । ‘केवल एक पृथ्वी‘ भन्ने मूल नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको कार्यालय परिसर भित्र विभिन्न प्रजातिका बोटविरुवा रोपिएको थियो । कार्यक्रममा बाल अभियन्ता प्रेन्सा रेग्मीले वातावरण संरक्षणका लागि १ घर १ विरुवाको अवधारणा लागू गर्नु पर्ने बताइन ।