काठमाडौं । दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘हनी बनी’मा भारतीय मोडल तथा अभिनेता अभिमन्यु तोमार अनुबन्धित भएका छन् । अब जसिता गुरुङसंग अभिमन्यु तोमार रोमान्स गर्नेछन् ।अनमोल केसीले छाडेपछि उनको ठाउँमा बलिउड मोडललाई लिइएको निर्देशक भट्टराईले जानकारी दिए । चर्चित बलिउड गीत ‘याद पिया के आने लगी’मा फिचर्ड भएका तोमारले ए-लिस्टर हिन्दी भिडियोमा समेत काम गरेका छन् ।