
आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा चौथो आदिवासी चलचित्र महोत्सव जेठ २३ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ ।महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण २०७६ सालदेखि हुन नसकेको महोत्सव आगामी जेठ २३, २४ र २५ गते आयोजना गर्न लागिएको जनाएको हो ।३ दिनसम्म चल्ने महोत्सवमा आदिवासी जनजाती मातृभाषी चलचित्र, बृत्तचित्र र छोटा चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ । महोत्सवमा सहभागीता जनाउने चलचित्रलाइ बिभिन्न ८ विधामा अवार्ड तथा पुरस्कार प्रदान गर्ने महासंघले जानकारी दिनुभयो । जसअनुसार उत्कृष्ट चलचित्रलाई नगर रु २० हजार, उत्कृष्ट बृत्तचित्रलाई १० हजा र उत्कृष्ट सर्टफिल्मलाई रु १० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने महासंघका अध्यक्ष पुर्खाजित राईले जानकारी दिनुभयो ।नेपालको साँस्कृतीक र प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पु¥याउने विश्वासका साथ चलचित्र महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।




























