हामीमा भिन्नता छ भन्ने कुरा थाहै नपाइ पुरुष र महिला सधैंं एक–अर्कासँग झगडा गरिरहन्छन् । हामी साधारणतया अपोजिट सेक्ससँग यसैले चिन्तित रहन्छौं, किनकि हामीले यो महङ्खवपूर्ण सत्य भुलिसकेका छौं । हामी चाहन्छौं कि अपोजिट सेक्सको व्यक्ति पनि हामी जस्तै होस् । उसको पनि यसतै इच्छा होस् जुन हाम्रो छ र उसले पनि त्यसैगरी सोचोस्, जसरी हामी सोच्छौं ।
पुरुषहरु आशा गर्छन् कि महिलाहरुले त्यसैगरी सोचून् र कुरा गरुन् जसरी पुरुष गर्छन् । महिलाहरु आशा गर्छन् कि पुरुषले त्यसैगरी अनुभव गरुन् र चर्चा गरुन् जसरी महिलाहरु गर्छन् । हामीले यो बिर्सिसकेका छौं कि पुरुष र महिलाहरु अलग अलग तरिकाले सोच्छन् बोल्छन् र व्यवहार गर्छन् । उनीहरुमा भिन्नता हुनु स्वभाविक हो । यसको परिणाम यो हुन्छ कि हामीमा अनावश्यक संघर्ष र तनाव हुन्छ ।
तर जब तपाईंंले यो थाहा पाउनुहुन्छ कि पुरुष मंगल ग्रहबाट आएको हो र महिलाहरु शुक्र ग्रहबाट आएकी हुन्, तब तपाईंंको सारा दुविधा समाप्त हुन्छ र तपाईंंहरु प्रेमपूर्वक एकै साथ बस्न सक्नुहुन्छ ।
पुरुषले यो कुरा बुझ्नुपर्छ कि महिलाहरु अर्को ग्रहबाट आएका हुन् र यसैले जब उनीहरु समस्याको बारेमा कुरा गर्छन् तब उनीहरुले समाधान चाहिएको हुँदैन बरु अपनत्व चाहिएको हुन्छ । तल केही वाक्य दिइएका छन्, जुन वाक्य पुरुष धेरैजसो बोल्ने गर्छन् र जुन कुरा महिला मनपराउँदैनन् ।
१. तिमीले यति धेरै चिन्ता गर्नुहँुदैन ।
२. तर मैले यस्तो त भनेको थिइन ।
३. यो कुनै त्यस्तो ठूलो कुरा हैन ।
४. ओ. के. आइ एम सरी । अब यो कुरा बिर्सिदेऊ ।
५. तिमी यो काम किन गरिदिन्नौ ?
६. तर हामी कुरा त गरिरहेका हुन्छांै ।
७. तिमीलाई किन चोट लाग्यो, मैले भन्न खोजेको कुराको मतलब यो थिएन ।
८. उसोभए तिमी के भन्न चाहन्छ्यौ ?
९. तर तिमीले यसरी सोच्नु हँुदैनथ्यो ।
१०. तिमी यस्तो कसरी भन्न सक्छ्यौ ? भर्खरै गएको हप्ता नै मैले तिमीसँग पूरा दिन बिताएको थिएँ । हामीलाई कति मजा आएको थियो !
११. ओ.के. अब यी कुरा यही सिध्याउँ न त ।
१२. ठीक छ बाबा, म आँगन सफा गर्नेछु । अब त तिमी खुशी छौ ?
१३. मैले बुझें । तिमीले यो गर्नुपर्छ ।
१४. हेर, हामी यस बारेमा केही गर्न सक्दैनौ ।
१५. यदि तिमीलाई यो गर्न राम्रो लाग्दैन भने नगर ।
१६. तिमी आफूसँग मानिसहरुलाई यस्तो व्यवहार किन गर्न दिन्छ्यौ ? त्यो कुरा बिर्सिदेऊ ।
१७. यदि तिमी खुसी छैनौ भने हामीले सम्बन्धविच्छेद गर्नुपर्छ ।
१८. ठीक छ अबदेखि यो काम तिमीले नै गर्नु ।
१९. आइन्दा म यो काम गर्नेछु ।
२०. प्रश्नै उठ्दैन । म तिमीलाई प्रेम गर्छु । तिमी पनि कस्तो मूर्खतापूर्ण कुरा गरिरहेकी छौ ?
२१. के तिमी सीधै विषयको कुरामा आउनेछौ ?
२२. हामीले केवल यही गर्नुपर्छ कि...
२३. जे भयो त्यो यो थिएन ।
यी हरेक वाक्यहरुमा महिलाहरुको तनावको भावना कम गर्ने प्रयास गरिएको छ या फेरि समाधान सुल्झाउने । पुरुष महिलाको नकारात्मक भावनालाई सकारात्मक भावनामा बदल्ने कोसिस गर्छन् । यसैले उसले समस्याको गम्भीरता कम गरेर बताउँछन् या समस्यालाई सानो बताउँछन्, ताकि महिलाको चिन्ता हटोस् । पुरुषको सोचाइ राम्रो हुन्छ । उनीहरु महिलाको मूड ठीक गर्न चाहन्छन् । तर राम्रो यही हुनेछ कि पुरुषले माथि दिएको वाक्य बोल्न छोडून् । यस्ता खालका वाक्यले पत्नीको मूड खराब हुन्छ ।
पुरुषहरुलाई महिलाहरुको कुन कुरा मनपर्दैन ?
महिलाहरुले यो कुरा याद राख्नुपर्छ कि पुरुषहरु अर्को ग्रहबाट आएका हुन्, यसैले उनीहरुको सोच्ने तरिका अलग हुन्छ । नमागीकन सल्लाह दिनाले या हानिरहित आलोचनाले कुनै पनि पत्नी अन्जानैमा आप्mनो पतिको मन दुःखाउन सक्छिन् र उनको स्वाभिमानलाई गहिरो चोट पु¥याउन सक्छिन् । तल केही वाक्य दिइएको छ जुन सुनेर पुरुषलाई ठेस लाग्न सक्छ र उसलाई लाग्छ, जस्तो उसको जिन्दगीमा नियन्त्रण गर्ने कोसिस भइरहेको छ, उसको आलोचना भइरहेको छ या उसलाई सुधार्ने प्रयास गरिंदैछ ।
१. तिमीले योे किन्ने कुरा कसरी सोच्यौ ? तिमीसँग पहिलादेखि नै यस्तो सर्ट छ ।
२. भाँडा अहिले चिसै छ । जब सुक्छ तब दाग देखिनेछ ।
३. तिम्रो कपाल बढिरहेको छ, कहिले काट्छौ ?
४. त्यहाँ कार राख्ने ठाउँ हो, कार त्यहीं लगेर राख ।
५. तिमी आप्mना साथीसँग समय बिताउन चाहन्छौ ? तब म के गर्नु ?
६. तिमीले यति धेरै काम गर्नु हँुदैन । एक दुई दिनको छुट्टी लेऊ ।
७. यो सामान यहाँ नराख । यो हराउनेछ ।
८. तिमीले प्लम्बर बोलाउनु पर्नेछ । उसैलाई थाहा छ कि यो कसरी बनाउन सकिन्छ ।
९. हामी टेबल खाली हुने पर्खाइमा किन बसिरहेका छौं ? के तिमीले रिजर्भेशन गराएका थिएनौ ?
१०. तिमीले बच्चासँग धेरै समय बिताउनु पर्छ । उनीहरुलाई तिम्रो कमी महसुस हुन्छ ।
११. तिम्रो अफिसको हालत नराम्रो छ । तिमी यहाँ बसेर कसरी सोच्न सक्छौ ? तिमी यसको सफाइ कहिले गर्छौ ?
१२. तिमीले एक पटक फेरि त्यो सामान ल्याउन बिर्सियौ । अर्को पटक तिमीले लिस्ट बनाएर लग्नु, तबमात्र तिमीलाई याद हुनेछ ।
१३. तिमी धेरै छिटो गाडी चलाइरहेका छौ । बिस्तारै चलाऊ नत्र जरिवाना लाग्नेछ ।
१४. अर्को पटक हामीले फिल्मको रिभ्यू पढ्नुपर्छ ।
१५. मलाई थाहा थिएन कि तिमी कहाँ छौ । (तिमीले कमसेकम फोन त गर्नुपथ्र्यो !)
१६. कसैले जुसको बोतलबाट जुस पियो ।
१७. आप्mनो हातले नखाऊ, कसैले देख्यो भने तिमीलाई गँवार सम्झनेछ ।
१८. आलु चिप्समा धेरै तेल छ । यो तिम्रो हार्टको लागि ठीक छैन ।
१९. तिमीसँग धेरै समय रहनेछैन ।
२०. तिमीले केही अगाडि बताउनुपर्ने थियो । अब मैले आप्mनो सारा काम छोडेर तिमीसँग लञ्च गर्न जान सक्दिन ।
२१. तिम्रो शर्ट तिम्रो पेन्टसँग म्याच गरिरहेको छैन ।
२२. बिलले तेस्रो पटक फोन गरेको थियो । तिमी ऊसँग कहिले कुरा गर्नेछौ ?
२३. तिम्रो टुल बक्समा धेरै फोहोर रहेको छ । मैले यहाँ केही सामान भेटिरहेकी छ्रैन । तिमी यो कहिल्यै सफा गर्दैनौ ?यदि तपाईंं महिला हो भने म तपाईंंलाई यही सुझाव दिनेछु कि तपाईंं अर्को हप्ता आप्mनो पतिलाई कुनै किसिमको सल्लाह नमागी नदिनुस्, उसको आलोचना कुनै प्रकारले नगर्नुस् । यसो गर्नाले उसको मूड राम्रो हुने मात्र हैन, बरु तपाईंंको मूड पनि राम्रो हुनेछ ।
यदि तपाईंं पुरुष हो भने म तपाईंंलाई सुझाव दिन चाहन्छु कि तपाईंं पनि अर्को हप्तासम्म यस्तै गर्नुस् । जब पत्नी बोल्छिन् तब उनको भावना बुझ्नको लागि उसको पूरा कुरा सुन्नुस् । जब तपाईंंको मनमा समाधान सुल्झाउने ख्याल आउँछ तब आप्mनो जिब्रो दाँतले थिचेर राख्नुस् । पत्नीको नकारात्मक मुडलाई सकारात्मक बनाउने कोसिस पनि नगर्नुस् । यदि तपाईंंले प्रेम देखाउनको लागि, रुचि लिएर उनका कुरा सुन्नुभयो भने उनको मुड आफैंं ठीक हुनेछ र उनले तपाईंंलाई धेरै प्रेम गर्न थाल्नेछिन् ।
पुरुषहरु आप्mनो गुफामा जान्छन् र महिलाहरु धेरै बोल्छन्
पुरुष र महिलाको बीचमा सायद यो नै सबैभन्दा ठूलो अन्तर हो कि उनीहरु आप्mनो तनावको सामना अलग–अलग तरिकाले गर्छन् । पुरुष आप्mनो पूरा ध्यान समस्यामा लगाउँछ र बाँकी दुनियाँसँग आफूलाई टाढै राख्छ, जबकि महिलाहरु आप्mनो दुःख कष्ट सबैलाई सुनाउन चाहन्छिन् । पुरुष एक्लै बसेर समस्या सुल्झाउन चाहन्छ भने महिला समस्याको बारेमा कुरा गर्न चाहन्छिन् । दुवैले यो मूलभूत भिन्नतालाई नबुझे आपसी सम्बन्धमा अनावश्यक तनाव उत्पन्न हुनसक्छ ।
