३० चैत, काठमाडौं ।सचेत नेपाली पार्टीले केन्द्रिय कार्यालय बागबजारमा स्थानिय चुनाव सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै सचेत नेपाली पार्टीका अध्यक्ष पुण्य प्रसाद प्रसाईले ईमानको राजनीति गर्ने बताएका छन् ।''कांग्रेसका एक नेता खुल्लम खुल्ला सांसद बन्न ६ करोड खर्च गरे भनिरहेका छन् के उनलाई निर्वाचन आयोगले कारबाही गर्नुपर्ने होईन । करोडौं खर्च गरेर जित्ने सांसद र प्रतिनीधि बन्ने भनेको भ्रष्ट्रचार गर्ने लाईसेन्स प्राप्त गर्ने हो । उनले भने
अहिले जति पनि पुराना पार्टीले पैसा खर्च गरेर भोट जितेर गएका छन् उनिहरुले भ्रष्ट्रचार गर्ने लाईसेन्स मात्र लिएर जाने हो ।''प्रसाईले भनेका छन् ''अहिले हुने निर्वाचन जित्नुपर्छ भन्ने छैन एउटा सानो झिंगाले पनि सिहंलाई तनाव दिनसक्छ त्यस्तै हामी यी पुराना पार्टीको विरुद्धमा उम्मेद्धवार उठ्नु मात्रै पनि हाम्रो सफलता हो ।''
''हामी आँपको बोट रोप्न खोजेका हौं । तत्कालै यो पार्टीमा लागेर के पाईन्छ कि भनेर कुरेर बसिरहेका छन् तर उनीहरु यो बुझ्दैनन् कि हामी ईमानको राजनीति गर्यो भने अबको १० वर्षपछि हाम्रा छोराछोरीको परिवर्तन गर्न सक्छौ '' उनले भने ।
''परिवर्तन गर्नसक्ने क्षमता र भिजन हामीसँग छ । हाम्रो देशको आर्थिक अवस्था श्रीलंकाको हालतमा पुग्न लागेको छ । अहिले नै हामीले परिवर्तनको आवाज उठाउन सकेनौं भने हाम्रो हालत श्रीलंकाको जस्तो हुन्छ । हामा पैसाहरु कागजजस्तो हुन्छ त्यस्तो गम्भिर संकटमा पुग्दैछौ ।
सचेत नेपाली पार्टीले महान विचार लिएर आएको छ । अरु पार्टीको मान्छेहरु मन्त्री पद पाईन्छ कि वा प्रधानमन्त्री पद पाईन्छ कि भन्ने आश गरेर मात्रै बसेका छन् तर हामीले मन्त्री,प्रधानमन्त्री बन्ने मात्र होईन त्यो पद प्राप्त गरेपछि कसरी यो मुलुक परिवर्तन गर्ने भन्ने महान विचार लिएर आएका हौं । उनले भने तपाईहरु डराउनुपर्दैन हामी यो देश परिवर्तन गर्न आएका हौ यो देश परिवर्तन गरेरै छाड्ने छौ'' उनले भने