जनकपुर। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धारित मितिमै स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन हुने बताएका छन्। जनकपुरधाममा आज आयोजित स्थानीय तह निर्वाचन(२०७९ ‘मिडिया अभिमुखीकरण’ कार्यक्रममा उनले अब निर्वाचनको मिति सार्न सक्ने अवस्था नरहेकाले निर्धारित समयमै निर्वाचन आयोगले स्वच्छ र निष्पक्ष निर्वाचन गराउने बताएका हुन्।प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको मितिलाई तलमाथि वा अन्य तरिकाले सारेमा मुलुकमा दुर्घटना निम्त्याउन सकिने उल्लेख गर्दै निर्धारित समय वैशाख ३० गते नै निर्वाचन हुने र निर्वाचनबाट कसैले डराउन नहुने बताए। ‘निर्वाचनको मिति तलमाथि गरे दुर्घटना निम्त्याउनु हो,’ उनले भने।निर्वाचनको मिति तय हुँदा छलफल र संविधानरकानुनका विषयमा तर्क वितर्क भएको उल्लेख गर्दै उनले अब सरकारले निर्वाचनको मिति तय गरिसकेकाले अब तर्क वितर्कको आवश्यकता नरहेको टिप्पणी उनले गरे। निर्वाचनको क्रम भंग गर्ने अवस्था नरहेको बताउँदै उनले स्थानीय तहको निर्वाचनसँगै यसै वर्ष प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमेत सम्पन्न हुने दाबी गरे।