
काठमाडौँ । जेनजी पुस्ताको नेतृत्वमा गत भदौ २३ र २४ गते भएको आन्दोलनले नेपालको राजनीतिको दिशा नै परिवर्तन गरेको एक वर्ष पूरा भएको छ ।आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा सरकारले आज ‘जेनजी शहीद दिवस’ घोषणा गरी देशभर सार्वजनिक बिदा दिएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेनजी शहीद दिवसका अवसरमा नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधबाट सुरु भएको आन्दोलन केही समयमै भ्रष्टाचार, राजनीतिक बेथिति, बेरोजगारी, अवसरको अभाव र राज्यको जवाफदेहिताविरुद्धको व्यापक आक्रोशमा परिणत भएको थियो ।आन्दोलनका क्रममा भएका हिंसात्मक घटनामा कुल ७६ जनाले ज्यान गुमाएका थिए । त्यसमध्ये ४५ जनालाई सरकारले शहीद घोषणा गरेको छ । सरकारले शहीद परिवारलाई आर्थिक सहयोग तथा रोजगारी उपलब्ध गराएको जनाएको छ ।



























