
सोमबार बिहान ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभामा बोल्दै प्रचण्डले बिभिन्न चुनौतीहरु खडा भएपनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताउनुभएको हो ।उहाले एकपटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने धारणा राख्नुभयो । समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्नेमा उहाले जोड दिनुभयो । प्रधानमन्त्री प्रचण्डले विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता भएको धारणा राख्नुभयो ।उहाले कर्मचार्य क्रान्ति र आन्दोलनका निम्ति सकारात्मक वातावरण बनाउने राजनीतिक अभिभावक भएको बताउनुभयो । दिवंगत कर्माचार्यले विसं २००५ देखि प्रजातन्त्र सङ्घमा आवद्ध भएर राणाविरोधी आन्दोलन र मजदुर आन्दोलनमा सशक्त भूमिका निर्वाह गर्नुभएको उहाले स्मरण गर्नुभयो । माधवकुमार नेपालले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्न नरबहादुर कर्माचार्यको योगदान अतुलनीय रहेको बताउनुभयो । मुलुकमा लोकतन्त्रले मात्र नपुग्ने भन्दै उहाँले समाजवादी लोकतन्त्रसम्म पुग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । अध्यक्ष नेपालले अहिलेको परिस्थीति जटिल रहेको र छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको भन्दै गठबन्धन कति दिन टिक्छ भन्न नसकिने बताउनुभयो ।तयस्तै प्रतिष्ठानका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं परराष्ट्र«मन्त्री नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नेमध्येका एक नरबहादुर कर्माचार्यको योगदानलाई बिर्सन नहुने बताउनुभयो ।




























