काठमाडौं । पूर्वमन्त्री शंकर कोइरालाको टोलीले भोजपुरको विकासका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।आज बिहान बालुवाटारस्थित निवासमै पुगेर भएको भेटमा टोलीले भोजपुर र संखुवासभा भएर बग्ने अरुण नदीमा भारतीय निर्माण कम्पनी एसजेभिएनले निर्माण गर्न लागेको जलविद्युतमा सम्झौताअनुसार पाउनुपर्ने सुविधामा सहभागिता पाउनुपर्ने माग राखेको थियो ।भेटमा पूर्वमन्त्री कोइरालाले सरकारले पाउने शेयर, रोयल्टीलगायतमा विषयमा भोजपुरेहरूको पनि समान सहभागिता सुनिश्चित हुनुपर्ने माग राखेका थिए ।साथै, प्रधानमन्त्री र टोलीबीच चतरा हुँदै अरुण करिडोरमा बन्ने सडकलाई विशेष ध्यान दिनुपर्ने, पर्यटन पूर्वाधार, धार्मिक क्षेत्रको विकासलगायत विषयमा पनि छलफल भएको थियो ।