रोशन घर्ती मगर
काठमाडौं ।एउटा उदयमान संगीतको अर्काे नाम ममता गुरुङ । हँसिली,नक्कली,अनि ढृड आत्मविश्वासी स्वभावकि ममताको आवाजैमा छुट्टै मिठास छ । ममताका पछिल्ला समय बजारमा चर्चाको शिखरमा रहेका 'काफल गेडी कुटुक्कै', 'साथ देउ','हेरिरहु जस्तो','दुनियाँको आँखा','ए सुन मेरी रानी','सातैजुनी','तिमी मेरो जीवनमा','तिमी फुल बनेर' लगायतका गीतहरू प्रायः सबैको कानमा गुुञ्जिएको गीत हो । आजभोली प्रायः स्टुडियो र स्टेजमा भेटिन्छिन् ममता... आमस्रोता उनि नेपाल आईडल सिजन ३ को बलियो दाबेदारको रूपमा परिचित छिन् ।देशभरका प्रतिस्पर्धीलाई उछिन्दै उत्कृष्ट ९ मा उक्लिन सफल भएकी थिईन ममता । तर उनको जीवनमा नेपाल आईडलको प्रतिस्पर्धा नौलो थिएन ।यसअघि पनि उनले सुरशाला आईडल,सारेगम लिटिल चाम्सजस्ता रियालिटि शोमा समेत सहभागी भएर बलियो प्रतिस्पर्धिको रूपमा स्थापित गराईसकेकि थिईन तर यो कुरामा कम मात्रमा जानकार छन् ।तर नेपाल आईडलले आमजनमासमा पुर्याएको नेपाल आईडलको ममता गुरूङ भन्ने बितिक्कै सबैले गाउने भनेर परिचय पाएको स्विकार गर्छिन् ।उनले कक्षा ६ मा अध्ययन गर्दैगर्दा ५ औं 'बिग आईकन' पोखरामा चलिरहेको थियो । आफ्नै मामा उक्त प्रतिस्पर्धामा सहभागी हुने भएपछि ममतालाई पनि सहभागी हुने सोच आयो । घरमा बुवालाई जानकारी गराईन तर घरमा सुरुमै स्वीकृत आएन ममताको ढिपी र आत्मविश्वाको सामु कस्को के नै लाग्नेवाला थियो र...एउटा गीत मज्जाले सिकिन र पहिलोपटक संगीतको शिखर चुम्न उक्लिईन । भाग्यवस ममताको हातमा पहिलो खुड्किलामा भने शून्य हात लाग्यो अर्थात उनी पहिलो चरणबाटै बाहिरिनुपर्याे । तर उनको मन कहाँ त्यसै असफल हुने पक्षमा थियो र... स्टेजबाट बाहिरिदै गर्दा सोचिन् अर्काे सिजनमा अझ कडा मिहिनेतको संगीत सिक्छु र सफल भई छाड्छु । त्यसलगत्तै पोखरामा अर्काे गायन रियालिटि शो गण्डकी तारामा सहभागी भईन । गण्डकी तारामा उत्कृष्ट १५ को स्थान हात पार्न सफल भईन । त्यसपश्चात अझ कडा मिहिनेतका साथ छैठौं “बिग आईकन“ उत्कृष्ट ८ मा उभ्याउन सफल भईन । अनि निरन्तरता पायो उनको संगितको प्रतिको कर्म र संगितको यात्रा ।कक्षा ८ मा अध्ययन गर्दा उनी सुरशाला आईडलमा पनि सहभागी भईन ।
गहिरो गहिरो सागर जस्तै....बोलको गीत त्यसबखत सुरशाला आईडलमा ममताको आवाजमा गुञ्जिदा धेरैले उनको आवाजलाई तारिफ गरे । स्वर्गिय गायक प्रेमध्वज प्रधानको समेत आर्शिवाद लिने सौभाग्य उनलाई मिल्यो उनीलाई...सारेगमप लिटिल चाम्स समेत प्रतिस्पर्धा
छिमेकी मुलक भारतको चर्चित गायन रियालिटि शो सारेगमप लिटिल चाम्समा समेत उनले प्रतिस्पर्धा गरेकि छिन् । सुरशालाको अमृत क्षेत्रीको माध्यमबाट प्रितम आचार्य,आयुश केसी,ममता गुरूङ स्वंयसहित १० जना नेपालबाट सहभागी हुन भारतको राजधानी नयाँदिल्लीमा गए । आज त्यहीँ शोका कारण प्रितम,आयुशले लोभलाग्दो चर्चा पाएका छ्न् । अडिसनका लागी भारत पुगेकी ममता चयन हुँदा पनि यता नेपालमा नजिकिदै गएको एसईईको कारण बाध्यताले परिक्षाको तयारी जुट्नुपरेकाले सुनौलो अवसरलाई नचाहेरै छोड्नुपरेको थियो ।भारतमा नेपालीको झण्डा फर्फाराउदाको क्षण
उनी सिधै लेभल ३को लागि चयन भएकि थिईन । उनिसहित अन्य १० सहभागी साथमै थिए । नयाँ दिल्लीमा हजारौं मान्छको कोलाहल थियो । 'नेपालबाट सहभागी हुन गएका सम्पुर्ण नेपाली पोशाकमा थिए झट्ट हेर्दा सबैले वाह भनेर तारिफ गर्थे' उनले भनिन् ।'देशको संस्कृति झल्किने पोशाकको साथमा नेपालको झण्डा र नेपालीपन अरू मुलुकमा साच्चै मनैदेखि एकदमै गौरव लाग्यो'उनले भनिन् ।नेपाल आईडलले दिएको सफलता र दुख
प्राय ममतालाई नेपाल आईडलबाट नै आमजनमासमा चिनाएको स्वंय पनि स्विकार गर्छिन् । तर प्रायले सजिलै सफलता पायोभन्दा चाहिँ ममताको मनमा चसक्क बिज्छ उनी भन्छिन् “मैले कक्षा ६ मा अध्ययन गर्दादेखि हालसम्म वर्षाैदेखि बुवासंग मिहिनेतका साथ संगित सिकेकि छु दर्जनौं गायन रियालिटि शोमा प्रतिस्पर्धा गरेकि छु । थुप्रै त्याग,तपस्या र बलिदानका कारण न यो सफलता पाएको छु । मेरो पनि दुख छनि त्यो दुख त म सुनाउदिन तर सजिलै सफलता पायो भन्दाचाहि मन दुख्दो रहेछ तरपनि म खुशी नै छु कम्तिमा आजको दिनमा मेरो आवाज सुनाउने अवसर पाएकि छु ।'पहिलो गुरु बुवा
ममताको जिवनमा संगितको पहिलो र सबैभन्दा महान गुरू आफ्नै बुवा हुन् । उनको बुवाले सानैदेखि घरमै संगित सिकाउथे । अहिले ममता जहाँछिन त्यसको सम्पूर्ण श्रेय आफ्नो बुवालाई दिन्छिन् र उत्तिकै आमालाई पनि । उनी भन्छिन् 'बुवाले संगित नसिकाउनु भएको भए संगितमा चाहना नै जादैन थियो होला । घरमा आर्थिक अवस्था कमजोर भएकाले उनको बुवाले संगित र अध्ययनलाई आधा बाटामै छोड्नुपर्याे । आज ममताले आफ्नो बुवाको सपना पूरा गर्न पनि कम्मर कसेर रातदिन परिश्रम गरिरहेकी छिन्।'रेडियोमा कार्यक्रम प्रस्तोता
उनलाई बच्चैदेखि बोल्न असाध्यै मन पर्ने। उनलाई लाग्थ्यो कि रेडियो बोल्न पाए,घरि लाग्थ्यो टेलिभिजन बोल्न पाए यस्तै रहर सताउने । घरमा बुवाको पनि अनुरोध थियो संगित,अध्ययन संगै मिडिया र राजनीतिमा पनि जानकार राख्नुपर्छ । सायद त्यहि रहरले ममतालाई पुर्यायो रेडियो सारंगकोट । त्यसअघि उनले रेडियो अन्नपूर्ण मा ९ कक्षामा अध्ययन गर्दा १ महिना अनौपारिक तालिम लिएकि थिईन् ।
एसईईको परिक्षापछि अर्काे १ महिना अनौपचारिक तालिम पश्चात् सुरु गरिन् रेडियोमा बोल्न र सुरु भयो कार्यक्रम “म्युजिक प्लस“ हरेक साताको २ दिन दिउसो ३ः२० देखि ४ बजेसम्म । त्यतिबेला ममताले कार्यक्रम सुरूवात गर्दा खाका शब्दमा
'Hello Good Afternoonअफ्टरनुन पोखरा रेडियो सारङकोट १००.४ मेगाहर्ज सुनेर बस्नुभएका तनाम स्रोतामा ममता गुरुङ उपस्थित भईसकेकि छु कार्यक्रम Music Plus मा“ हालभने उनले रेडियो प्रस्तोताबाट भने विश्राम लिएकि छिन् । केही समय अगाडी कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको खेलौं दोहोरीमा समेत प्रस्तोताको रुपमा काम गरेको अनुभव ममतासंग छ ।पेन्टिङ आर्टमा पनि अब्बल
ममत पेन्टिङ आर्ट गर्नपनि असाध्यै मनपर्छ र अब्बल पनि छिनभन्दा दुईमत आउदैन । उनले लकडाउनलाई पेन्टिङ आर्ट गरेर सदुपयोग गरिन् । खासगरी उनले अल्छी लागेको समयमा पन्टिङ गर्छिन रे । पेन्टिङ गरेर घरको भित्तामा समेत सजाएकी छिन् । ममताको पेन्टिङमा प्राय आमाको माया झल्किएको देखिन्छ । ममताको सपना
उनलाई सानैदेखि विदेशी मुलुकमा नेपाललाई प्रतिनीधित्व गर्दै नेपालको झण्डा अन्तर्राष्ट्रिय स्तरमा फरफराउदै गाउन रियालिटि शोमा प्रतिस्पर्धा गर्ने सपना छ । हाल ममता विभिन्न स्टुडियो र स्टेजमा उनको निकै माग देखिन्छ । ममताले हालै सम्पन्न रेडियो नेपालको ७२ औँ वार्षिक उत्सवको अवसरमा रेडियो नेपाल परिसर सिंहदरबारमा आयोजित राष्ट्रव्यापी खुल्ला आधुनिक गीत प्रतियोगितामा तृतीय स्थान समेत हासिल गरेकी छिन् ।
उनको सफलताको शुभकामना