
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार असफल भएको बताउनुभएको छ ।गिरिजाप्रसाद कोइरालाको १५ औं स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले कांग्रेस–एमाले मिलेर बनेको सरकारले सुशासन कायम गर्न नसकेको बताउनुभएको हो ।उहाले कांग्रेस सत्तापक्षमा रहेपनि सरकारलाई खवरदारी गर्नुपर्ने उल्लेख गर्नुभयो । अहिलेको परिदृश्य हेर्दा देशको अवस्था भयावह रहेको उहाले बताउनुभयो ।कोइरालाले कांग्रेस ठूलो भएपनि अहिले एमाले र कहिले माओवादीको पक्षमा लागेको भन्दै अव त्यसो गर्न नहुने धारणा राख्नुभयो । उहाले कांग्रेसको नेतृत्वमा सवै दललाई मिलाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा सहभागी कांग्रेस नेताहरुले मुलुकको परिवर्तनमा गिरिजाप्रसाद कोइरालाले खेल्नुभएको भूमिकाको स्मरण गरेका थिए ।




























