राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदमा गृहमन्त्रीलाई बोल्न रोक्न नहुने जनाएको छ ।
संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको बिपक्षी दलको बैठकमा राप्रपाले गृहमन्त्रीलाई सदनमा बोल्न दिन सुझाव दिएको राप्रपाका नेता ज्ञानेन्द्र शाहीले बताउनुभयो ।उहाले सदनमा गृहमन्त्रीलाई बोल्ने अवसर दिएपनि सहकारी प्रकरणमा भने संसदीय छानविन बनाउनुपर्ने पार्टीको धारणा रहेको जानकारी दिनुभयो । सहकारी प्रकरण एक जना गृहमन्त्रीको मात्रै नभइ लाखौ जनताको बिषय भएकाले यस बिषयमा छानविन गर्न समिति बनाउनुपर्ने उहाले बताउनुभयो । त्यस्तै उहाले सदनमा सभामुख तटस्थ हुन नसकेको धारणा राख्नुभयो । कसैले आफ्नो माग राख्दै गर्दा सभामुखले सदनलाई त्यहि अनुसार व्यवस्थापन गर्नुपर्ने उहाको भनाइ छ ।