राष्ट्रिय सभाको बैठकले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० पारित गरेको छ ।मंगलबार बसेको राष्ट्रियसभाको बैठकले अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० सभाले सर्वसम्मतिले पारित गरेको हो । त्यसअघि विधेयकमाथि छलफल भएको थियो । छलफलका क्रममा उठेका जिज्ञाशाको जवाफ दिदै अर्थमन्त्री पुनले विधेयकमाथि आएका संशोधनका आधारमा परिमार्जन सहित पेश गरिएको जानकारी दिनुभयो । प्रविधिको बिकाससंगै दैनिक कारोवारलाई सुरक्षित बनाउनका लागि आवश्यक कानून बनाउन खोजिएको उहाले बताउनुभयो ।त्यस्तै बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन पेश गरिएको छ ।