
नेकपा एमालेका सांसद योगेश भट्टराईले जलवायु परिवर्तनका कारण पूर्वअनुमान नै गर्न नसक्ने गरि प्राकृतिक प्रकोप हुने गरेको भन्दै प्रयाप्त तयारी गर्नुपर्ने बताउनुभएको छ ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा यादवले प्राकृतिक प्रकोपका कारण हुनसक्ने क्षति न्यूनिकरणका लागि प्रयाप्त जनशक्तिका साथै अन्य तयारी गर्नुपर्ने बताउनुभयो । प्राकृतिक प्रकोपको क्षति न्यूनिकरण गर्न सरकारको पूर्वतयारी सन्तोषजनक नरहेको उहाले बताउनुभयो । उहाले विपद् प्राधिकरणलाई दिइएको बार्षिक १८ करोडको बजेट अप्रयाप्त भएको, दक्ष जनशक्तिको अभाव रहेको, अत्याधुनिक उपकरण नरहेको धारणा राख्नुभयो । बाढी, पहिरो, चट्याङ जस्ता प्राकृतिक बिपतीका कारण हरेक बर्ष ५ सय भन्दा बढिको अकालमा मृत्यु हुने गरेको भन्दै उहाले सरकारले गम्भीर भएर बिपत पूर्व तयारीको काम गर्नुपर्ने बताउनुभयो ।उहाले कोशी प्रदेशबाट मनुसन भित्रने बितिकै सो प्रदेशका केहि जिल्लाहरुमा बिपद्का घटनाहरु भएको जानकारी दिनुभयो ।



























