
निर्वाचन आयोगको आयुक्तमा सिफारिस हुनुभएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।सिंहदरबारमा शुक्रबार बसेको संसदीय सुनुवाई समिति बैठकले प्रधानको सुनुवाईका लागि सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको हो । प्रधानविरुद्ध कुनै सूचना वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको समिति सभापति पशुपतिशम्सेर जवराले जानकारी दिनुभयो ।गत आइतबार बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।




























