
काठमाडौं, ८ मंसिर ।
२१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा सहभागिताका लागि निर्वाचन आयोगमा दल दर्ता गराइसकेको आम जनता पार्टी (आजपा)ले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रमा कमाण्डर तोक्दै निर्वाचनको आन्तरिक तयारीमा होमिएको छ ।काठमाडौं उपत्यका विशेष कमिटीको बसेको सचिवालय बैठकले काठमाडौं, ललितपुर र भक्तपुरको १५ वटै निर्वाचन क्षेत्रमा इन्चार्ज र संयोजकको जिम्मेवारी तोक्दै निर्वाचनको तयारीमा जुटेको छ । आजपाको प्रतिनिधि सभाको निर्वाचनमा सहभागिताका लागि दल दर्ता गराइसकेको छ ।आजपाद्धारा घोषित संघर्ष एवं आन्दोलनका कार्यक्रम सहित निर्वाचनमा पनि सहभागि हुने आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले जनाएका छन् । निर्वाचनबाट पछाडी हटनुपर्ने कुनै कारण नभएको बताउदै उनले निर्वाचनमा सहभागि भएर ताजा जनादेश सहित राजनीतिक दलहरु अगाडी बढनुपर्ने उनले बताए ।आजपा प्रवक्ता एवं उपत्यका विशेष कमिटीका इन्चार्ज चन्द्रभुषण साहले काठमाडौं उपत्यकाको १५ वटै निर्वाचन क्षेत्रमा पार्टीले उम्मेदवारी उठाउने बताए । बैठकले त्यसको आन्तरिक तयारीका लागि कमाण्डर तोकिएको उनले जनाएका छन् ।काठमाडौं क्षेत्र नं. १ को इन्चार्जमा अमर लिम्बु, संयोजकमा रामनारायण शाह, क्षेत्र नं. २ मा इन्चार्ज कालबहादुर विक, संयोजकमा एमडी सत्तार, क्षेत्र नं. ३ मा इन्चार्ज वीरवल यादव, संयोजकमा उमेश शाह, क्षेत्र नं. ४ मा इन्चार्ज मिना देवी, संयोजकमा कृष्ण यादव, क्षेत्र नं. ५ मा इन्चार्ज सरोज श्रेष्ठ, संयोजकमा जोगेन्द्र यादव, क्षेत्र नं. ६ मा इन्चार्ज सुभाष साह र संयोजकमा कोशिला साह रहेका छन् ।यसैगरी, काठमाडौं क्षेत्र नं. ७ इन्चार्ज उदयचन्द्र प्रसाद, संयोजकमा श्रीकिशुन बैठा, क्षेत्र नं. ८ मा इन्चार्ज अनु कुमारी, संयोजकमा सनत भट्टराई, निर्वाचन क्षेत्र नं. ९ मा इन्चार्ज रामेश्वर उपाध्याय, संयोजकमा काइला महर्जन र क्षेत्र नं. १० मा इन्चार्ज रविन्द्र सिंह तथा संयोजकमा रविन्द्र उपाध्यायलाई जिम्मेवारी तोकिएको प्रवक्ता साहले जनाएका छन् ।।यस्तै, ललितपुर क्षेत्र नं. १ मा इन्चार्ज सिमा जयसवाल, संयोजकमा उपेन्द्र रौनियार, क्षेत्र नं. २ मा इन्चार्ज उपेन्द्र साह, संयोजक इन्दल साह, क्षेत्र नं. ३ मा इन्चार्ज देवेन्द्र ठाकुर र संयोजकमा प्रदिप विक्रम शाह रहेका छन् । यसैगरी भक्तपुर क्षेत्र नं. १ मा इन्चार्ज लखिन्दर साह, संयोजकमा नरेश खड्की र क्षेत्र नं. २ मा इन्चार्ज देवकुमारी साह, संयोजकमा सुमि धिमाललाई बैठकले जिम्मेवारी तोकिएको छ ।




























