
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली महिलालाई गैरकानुनीरुपमा कुवेतलगायतका देशमा पु¥याउनेलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै गुरुङले घरेलु कामदारका रुपमा महिला श्रमिकलाई पठाउन नहुने भएपनि गैरकानुनीरुपमा कुवेतलगायतका देशमा पु¥याउने काम भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो।उहाले कुवेतमा अहिले पनि ४१ हजार नेपाली महिला कामदारका रूपमा रहेका र तीमध्ये २७ हजार गैरकानुनीरुपमा रहेको र पछिल्लो ६ महिनाभित्रमा १० हजार नेपाली महिला गैरकानुनीरुपमा कुवेत पुगेको सूचना प्राप्त भएको जिकिर गर्नुभयो ।त्यस्तै उहाले आफु कुवेतबाट फर्कदा बेल्ग्रेटबाट फर्काइएका पाँच युवासँग भेट भएको र उनीहरुसंग कुरा गर्दै झापाको एउटा म्यानपावर कम्पनीले प्रतिव्यक्ति ६ लाख ५० हजार लिएर आफुहरुलाई पठाएको बताएको जानकारी दिनुभयो । उहाले मानवतस्कारी गर्नेलाई कडा भन्दा कडा कारवाही हुनुपर्नेमा जोड दिनुभयो ।बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकको मेलम्चीमा २०७८ सालको बाढिपछि बनाइएको अस्थायी पुल आइतबार रातीको बाढीले बगाएको बताउनुभयो । उहाले अस्थायी संरचनामा मात्रै निर्भर रहदा नागरिकले सास्ती पाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।




























