
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा बामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताउनुभएको छ ।शुक्रबार चितवनको भरतपुर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले बिगतमा पार्टी एकताको नाममा भएको दुर्घटनाबाट पाठ सिक्दै हतारमा बामपन्थी वा पार्टी एकता गर्ने पक्षमा नरहेको बताउनुभएको हो ।पार्टी एकता एकताभन्दा राजनीतिक स्थायीत्व र लोकतन्त्रको सुदृढिकरणलाई बढि जोड दिदै जाने र राम्रो सहकार्य गर्दै काम गर्दै जाने उहाको भनाइ छ । उहाले पार्टी एकताका नाममा पुरानै दुर्घटना नहोस भन्नेमा सचेत रहेको धारणा राख्नुभयो । त्यस्तै प्रधानमन्त्री प्रचण्डले किसानहरुलाई मलको अभाव हुन नदिन राम्रो तयारीमा रहेको बताउनुभयो ।उहाले चितवनमा केरा किसानहरुलाई क्षतिपूर्ति दिने बिषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।




























