काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको पद सम्हालेका छन् । सिंहदरबारस्थिति प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
सोमबार सिंहदरबार पुगेर ओलीले पदभार ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री एवं मन्त्रीपरिषद्का कार्यालय पुग्दा प्रधानमन्त्री ओलीलाई कर्मचारीहरुले स्वागत गरेका थिए । उहाले सोमबार नै पद तथा गोपनियताको सपथ गर्नुभएको थियो । कांग्रेससंग सहमति भएपछि ओली चौथो पटक प्रधानमन्त्री हुनुभएको हो ।