काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी जहाजमा सवार १८ जनाकै निधन भएको छ ।जहाजमा पाइलट सहित १९ जना सवार थिए जसमध्ये १८ जनाको निधन भएको हो ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले अनुसार विमानस्थल एक घण्टा बन्द भएको बताए ।विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।पाइलट मनिषरत्न शाक्यलाई भने जिवित उद्दार गरि केएमसी अस्पताल पुर्याइएको छ ।