
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गतर्फ डोर्याउने बुद्धका शाश्वत सन्देशहरू आजको विश्वमा अझ बढी सान्दर्भिक बनेको उल्लेख गरेका छन्।उनले सन्देशमा करिब २६५० वर्षअघि यसै पावन दिनमा सिद्धार्थ गौतमको जन्म भएको, यही दिन बोधि (ज्ञान प्राप्ति) हासिल गरेको र करिब २५७० वर्षअघि महापरिनिर्वाण प्राप्त गरेको ऐतिहासिक तथ्य स्मरण गरेका छन्।अध्यक्ष ओलीले बुद्ध जयन्तीको अवसरमा सबैको अन्तर्मनमा करुणा, सहिष्णुता र शान्तिको भावना जागृत होस् भन्ने कामना समेत व्यक्त गरेका छन्।



























