
काठमाडौं ।युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्राध्यापक डाक्टर उषा ठाकुरलाई प्रदान गरेको छ ।युगकवि सिद्धिचरण जयन्तीका अवसरमा सोमबार काठमाडौंमा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ठाकुरलाई उक्त पुरस्कार हस्तान्तरण गर्नुभएको हो । तीनदशकदेखि युगकविका कृति र व्यक्तित्वका बारेमा अध्ययन तथा अनुसन्धान गरी देश विदेशमा फैलाउन विशिष्ट योगदान पुर्याए वापत प्रा. डा. ठाकुरलाई युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्रदान गरिएको हो । यसैगरी युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार नवराज कार्कीलाई प्रदान गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिद्धिचरणका रचनाहरुमा सामाजिक, न्याय र समानताका साथै बिकास र परिवर्तनको चेतना देखिएको बताउनुभयो ।कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिष्ठानद्वारा प्रकाशित ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ नामक दुईवटा कृति विमोचन गर्नुभयो ।




























