
काठमाडौं । आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने छ ।आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानून, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक, २०७९० माथि छलफल गरियोस्’ भनी प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।त्यसपछि संसदमा सांसदहरुबीच यस विधेयकमाथि छलफल हुनेछ । छलफलको कार्यक्रम सकिएपछि कानून मन्त्री चौरसियाले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।




























