
काठमाडौं– युनिभर्सल ल्याङ्वेज एनड कम्प्युटर इन्स्टिच्युट यूएलसीआईले आइतबार काठमाडौंको पुतिलसडकमा नेपालकै पहिलो बहुवैकल्पीक ‘आई–फेयर’ गर्ने भएको छ । नेपालमै पहिलो पटक एकै ठाउँमा ‘आईइएलटीएस’ देखि ‘एसएटी’ सम्मको युनिभर्सल ल्यांग्वेज एन्ड कम्प्युटर इन्स्टिट्यूट यूएलसीआईका प्रमुख कार्यकारी अधिकृत उत्तम प्रसाद पन्तले बताए ।
पहिलो पटक ‘आईइएलटीएस’, ‘पीटीई’, ‘टीओइएलएफ’, ‘ओईटी’, ‘जेएफटी’, र ‘एसएटी’ का प्रतिनिधिहरूलाई नै राखेर आई–फेयर गर्न लागिएको छ । यसले अन्तर्राष्ट्रिय परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई सहयोग पुग्नेछ । यसमा विद्यार्थीहरूले नि:शुल्क प्रवेश गर्न सक्नेछन् ।




























