काठमाडौं । सचेत नेपालीले पार्टी काठमाडौं काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेद्धवार घोषणा गरेको छ । पार्टीले काठमाडौं महानगरपालिकाको मेयर पदका लागी डिल्लीराम राजभण्डारीलाई उम्मेद्धवार बनाउने निर्णय गरेको हो ।'शुन्दर शहर, सांस्कृतिककाठमाडौं महानगर' बनाउने नाराका साथ राजभण्डारीले मेयर पदमा उम्मेद्धारी दिएका हुन् ।सचेत नेपालीका पार्टीका अध्यक्ष पुण्यप्रसाद प्रसाईले उम्मेद्धवार घोषणा गर्दै भन्छन्, ‘यदि ठिक सरकारी नीति र काठमाडौंको मेयरमा इमानदार र योजना सहित आउने हो भने एक्लो काठमाडौंले नेपाललाई पाल्छ । पुराना पार्टीको नेतृत्वले काठमाडौंलाई सुन्दर र सफा र सास्कृंतिक शहर बनाएर यहाँका नागरिकको जीवनस्तर सुधार्नमा सहयोगी हुने गौरवशाली बनाउनुको साटो काठमाडको दोहन गरे । त्यसैले सचेत नेपाली पार्टीलाई काठमाडौंबासीसंग जनताले एक पटक मौका दिनु भयो भने काठमाडौंलाई विश्वको खुशी महानगर बनाउने गरी हामी काम गर्नेछौं ।’'सांस्कृतिक नगर,व्यवस्थित शहर, झलमल्ल काठमाडौं महानगर' बनाउने मुल नारा रहेको राजभण्डारी बताए । काठमाडाैं महानगरलाई व्यवस्थित,सफा र स्वच्छ बनाउने समेत प्रतिबद्ध रहेकाे उनले बताए । काठमाडौं महानगर एक सांस्कृतिक शहर समेत भएकाले संस्कृति बचाउन उचित ध्यान दिनुपर्ने र त्यसकाे याेजना समेत आफुमा भएकाे उनले बताए । काठमाडौं महानगर देश राजधानी भएकाले यसले गर्ने कार्यबाट अरूले पनि सिक्ने भएकाले निशर्त जनताकाे पक्षमा ईमानदार भएर आफुले कार्य गर्ने समेत बताएका छन् । काठमाडौंमा अत्यधिक जनसंख्या छ, राजधानी भएकाले हामीले उक्त जनसंख्यालाई हालकाे यथास्थितिमा पनि व्यवस्थित गरेर लान सकिन्छ । काठमाडौंबासी भाेग्नुपरेकाे अर्काे पीडा ट्राफिक समस्या हाे हामी उचित ढङ्गले प्रार्किङ्ग व्यवस्थापन गर्न सक्ने याेजना छ । निमार्ण कार्यका सामान सडकमा रहने भएकाले पनि ट्राफिक व्यवस्थापनमा चुनाैती देखिएकाे हाे यसलाई सहज ढङ्गले कुन माेडालिटिमा काम गर्याे भने याे व्यवस्थापन हुन्छ भनेर समेत आफुमा गुरु याेजना समेत रहेकाे उनले बताए ।मेयर हुनेबित्तिकै छाेटा राजा भएर उदाउने गलत प्रवृत्ति विरूद्द समेत आफ्नाे लडाइँ रहेकाे बताए । साथै आफूले सरकारी गाडि प्रयाेग नगर्ने र त्यसकाे साटाे महानगर बासीकाे लागि निशुल्क एम्बुलेन्सहरू समेत उपलब्ध गराउने प्रतिबद्धता जनाए । महानगरबासीलाई निशुल्क स्वास्थ्य,शिक्षा र खानेपानी र ३०० युनिटसम्मकाे बिजुली निशुल्क वितरण गर्ने समेत प्रतिबद्धता जनाए ।राजभण्डारी काठमाडौं सस्कृंति पहिचान बुझेका र काठमाडौं महानगरलाई व्यवस्थित र विकास गर्नसक्ने योजना भएका इमान्दार नेता हुन् । राजभण्डारीले यसअघि विभिन्न ठाँउमा निशुल्क स्वास्थ शिविरहरु सञ्चालन गर्ने लगायतका विभिन्न समाजसेवा गरेका छन् । एक उद्यमी,समाजसेवी एंव स्वच्छ छवि निमार्ण गरेका राजभण्डारी सचेत नेपाली पार्टीका बाग्मती प्रदेश उपाध्यक्ष समेत हुन् ।यस्तै काठमाडौं महानगरपालिका वडा नं. १२को वडा अध्यक्ष पदको उम्मेद्धवारको लागी राज श्रेष्ठलाई उठाउने घोषणा गरेको छ ।सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतावादको नयाँ वैचारिक दर्शन बोकेर आएको सचेत नेपाली पार्टीको चुनाव चिन्ह सिंह हो ।