
काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आयोगका अध्यक्ष बालानन्द पौडेलले आर्थिक वर्ष २०८०÷०८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेश गर्नुभएको हो ।सो अवसरमा राष्ट्रपति पौडेलले वित्तीय संघीयता कार्यान्वयनमा आयोगको भूमिका र दायित्व महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले वित्तीय संघीयता अन्र्तगत राजश्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान लगायतका जिम्मेवारी अनुरुप आयोगले थप व्यवस्थित, सुदृढ र प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाले आयोगका सिफारिसहरुलाई सरकारले कार्यान्वयन गर्ने गरि अघि बढ्नुपर्ने बताउनुभयो । स्थानीय तहलाई व्यवस्थीत गर्न आयोगले कडा नियमन गर्नुपर्ने र आयोगले नै नियम कानून बनाउनुपर्ने आवश्यकता रहेको उहाले बताउनुभयो ।त्यस्तै शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८०÷०८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेश गर्नुभएको हो ।




























