
राष्ट्रिय प्रजातन्त्र पार्टीले समानबिचार भएकालाई एकीकृत गर्दै छठपछि काठमाडौं केन्द्रीत आन्दोलन गर्ने जनाएको छ ।आन्दोलनको भावी रणनीतिका बिषयमा मंगलबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा राप्रपाका नेताहरुले सवैलाई समेटेर उपत्यका ठप्प पार्ने गरि आन्दोलन गर्ने जनाएका हुन् ।राप्रपा महामन्त्री धवलशम्शेर राणाले पार्टीका मुद्दाहरुलाई स्थापतिन गराउन छठपछि काठमाडौंमा सातदेखि दशदिनसम्म निरन्तर आन्दोलन गर्ने बताउनुभयो । उहाले अहिलेको अवस्थामा पार्टी एक्लैले आन्दोलन गरेर सफल नहुने भन्दै समान बिचार भएकाहरुलाई समेत सामेल गराएर उपत्यका ठप्प पार्ने चेतावनी दिनुभयो । आन्दोलनलाई निष्कर्षमा नपुराएसम्म आफ्नो मुद्दाहरु स्थापीत हुन नसक्ने भएकाले अवको आन्दोलन निर्णायक हुने उहाको भनाइ छ । .पूर्ण धार्मिक स्वतन्त्रतासहित वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनस्र्थापना र प्रदेश तहको खारेजीको लागि जनदबाव सिर्जना गर्न राप्रपाले आन्दोलनको तयारी गरेको हो ।




























