धरान । सचेत नेपाली पार्टीबाट धरान उपमहानगरको मेयरमा सुस्मिता ओझा कार्की उठाउने निर्णय गरेको छ ।निडर,सक्षम एंव सामाजिक कार्यमा निकै सक्रिय सुस्मिता ओझा (कार्की) धरान उपमहानगरको मेयरमा उम्मेद्धवारी बनाउने निर्णय गरेको हो ।
यस्तै उपमहानगरको मेयर पदका प्रत्यासी सुस्मिता ओझा (कार्की) ले पुराना दलको भ्रष्ट्रचारी नेतालाई कठालो समातेर ठिक पार्ने बताए । हाम्रो समाज नबनेको तल्लो तहसम्म भ्रष्ट्रचार फैलिएको कारण हो । जरैैदेखी भ्रष्ट्रचार उखेलेर फाल्न र नगरको विकास गर्न आफ्नो उम्मेद्धवारी रहेको बताईन । सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतावादको नयाँ वैचारिक दर्शन बोकेर आएको सचेत नेपाली पार्टीको चुनाव चिन्ह सिंह हो ।

