
बिराटनगर। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले संघियता, लोकतन्त्र र गणतन्त्रलाई बाधा पुग्ने गरी संविधान संसोधन नगरिने स्पष्ट पार्नुभएको छ ।बुधबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एमाले र नेपाली कांग्रेस बीच संविधान संसोधनका विषयवस्तु र प्रक्रिया बारे छलफल भईरहेको भन्दै मुलुकको उपलव्धीलाई बाधा पुग्ने गरि संविधान संशोधन नगरिने स्पष्ट पार्नुभएको हो ।उहाले संविधान सहमतिको दस्तावेज भएकाले यसलाई सबैको सहमतिमा संसोधन गरिने जानकारी बताउनुभयो ।उहाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा सबैलाई कारवाही गर्नुपर्ने जिकिर गर्दै कसैप्रति पूर्वाग्रह नराखिएको बताउनुभयो । सहकारी ठगी प्रकरणमा नयाँ पार्टीको व्यवहार लोकतन्त्र अनुकुल नदेखिएको उहाको भनाइ छ ।पोखरेलले मीन बहादुर गुरुङले दिनुभएको जग्गा पारदर्शी रुपमा पार्टीले ग्रहण गरेको र अदालती प्रक्रियामा गईसकेकोले अदालतको निर्र्णालाई हेरेर अघि बढ्ने जानकारी दिनुभयो ।गुरुङ एमालेको शुभचिन्तक भएकाले अपारदर्शी ढंगले कुनै काम नभएको उहाले बताउनुभयो ।




























