
काठमाडौं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनको लागि प्राइभेट सेक्टरको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।बिहीबार ललितपुरमा नेपाल प्रजातन्त्र सेनानी संघको दोश्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै नेता सिंहले जनताले म्यान्डेड दिएका ठूला दल भन्दा पनि साना दलको नेतृत्वमा पटक पटक सरकार बन्ने र सरकार परिवर्तन हुदा मुलुक अस्थीरतातर्फ गएकाले ठूला दल मिलेर सरकार बनाउनुपरेको बताउनुभएको हो ।उहाले ठूला दल मिलेर बनेको सरकारले पनि केहि गर्न नसके जनतामा थप निराशा छाउने भएकाले गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । सिंहले मुलुकमा प्रजातन्त्र ल्याउन कांग्रेसले अग्रणी भूमिका खेलेको भन्दै आगामी दिनमा मुलुकलाई बिकास र समृद्धितर्फ लैजान पनि मुख्य भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।उहाले कांग्रेसलाई बलियो बनाउनका लागि पार्टीभित्र भएका समस्याका साथै कमी कमजोरीहरु हल गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।




























