काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगिएको छ। बुवालाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै प्रसाईंका छोरा निराजनले गत शुक्रबार बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए। सोही रिटमा बयानका लागि प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइएको थियो।साइबर कसुरमा पक्राउ परेका प्रसाईंलाई मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो ।
न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आइतबार आदेश दिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रसाईंले झुटा विवरण सार्वजनिक गरेसँगै ४ मंसिरमा पक्राउ परेका प्रसाइलाईको स्वास्थ्यमा समस्या देखिएसँगै केही दिनदेखि वीर अस्पतालमा उपचाररत छन्।