कपिलवस्तु । बैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागी सचेत नेपाली पार्टीले देशभर आफ्ना उम्मेदवार उठाएको छ।
कपिलवस्तु मायादेवी गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा अब्दुल अली लाई उम्मेदवार बनाएको हो । अध्यक्षमा अब्दुल अली सहित सदस्यमा परशुराम तेली, अब्दुल बदुद, महिला सदस्यमा रिता कुर्मी र सिउमती पासी रहेका छन् ।सर्वपहिचानवाद, नागरिक समाजवाद र न्यायीक समतावादको नयाँ वैचारिक दर्शन बोकेर आएको सचेत नेपाली पार्टीको चुनाव चिन्ह सिंह हो ।