काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार काठमाडौंमा आयोजना गरेको वातावरणीय मानव अधिकार रक्षकको दोस्रो सम्मेलन उद्घाटन गर्दै मन्त्री ठकुरीले वायु प्रदर्शन मापन यन्त्रहरुद्वारा तथ्याङ्क संकलन गरि वातावरणलाई प्रदुषित हुन नदिन इन्धनको गुणस्तर सुधार र औधोगीक प्रदुषण नियन्त्रणको योजना बनाएको बताउनुभएको हो ।काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयनका लागि बिभिन्न निकायको समन्वय आवश्यक रहेको उहाले बताउनुभयो । मन्त्री ठकुरीले वायु गुणस्तर व्यवस्थापनका लागि भएका प्रयासहरुलाई स्थायी र दिगो बनाउनका लागि अझै धेरै कदमहरु चाल्न आवश्यक रहेको धारणा राख्नुभयो ।वायु प्रदुषणका स्रोत पहिचान गरि त्यसको नियन्त्रणमा कडा निगरानी राख्न आवश्यक रहेको उहाको भनाइ छ ।मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नागरिकको स्वच्छ, स्वस्थ र सुरक्षित वातावरणीय अधिकारको लागि संवैधानिक दायित्व बमोजिम क्रियाशिल रहेको जानकारी दिनुभयो ।