
भक्तपुर । सूर्यविनायक नगरपालिका-१ मा एमालेका तर्फबाट सानुकाजी कायस्थ विजयी भएका छन्।कायस्थ १३ सय १० मत ल्याएर वडाध्यक्षमा पुनः विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका शेखर थापाले ११ सय ३० मत प्राप्त गरेका थिए।एमालेले वडा अध्यक्षसहित खुल्ला महिला सदस्य, दलित महिला सदस्य, खुल्ला वडा सदस्य जितेको छ। खुल्ला वडा सदस्य जोर चिन्हमा भने नेपाली कांग्रेसले विजय हासिल गरेको छ।




























