
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले संविधान संशोधनको नाममा समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ बनाउने प्रतिवद्धता जनाएका छन् ।मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै दलहरुसँग सहमति जुटाएर संविधान संशोधनको प्रकृया सुरु गर्ने बताए ।गृहमन्त्री लेखकले संविधान संशोधनका लागि राष्ट्रिय सहमति बनाउने जिकिर गरे । संविधानको समीक्षाका साथै विषयवस्तुको पहिचान गरेर संशोधनको प्रक्रिया अघि बढाइने उनले बताए । संविधान संशोधनका लागि भने केहि समय लाग्ने उनले धारणा राखे ।
त्यसपछि विषयवस्तुहरूमा सहमति गरेर अनिमात्रै संविधान संशोधन हुन्छ । त्यसमा समय लाग्छ । भोलिको पर्सि संविधान संशोधन हुने होइन । संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्ने होइन, थप सुदृढ बनाउने हो ।’




























