काठमाडौं । नेकपा एमालेले उपसभामुखमा सांसद् विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ ।शुक्रबार हुने प्रतिनिधि सभाकाे उपसभामुखकाे चुनावका लएमालेको तर्फबाट भट्टराईले बिहीबार उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । उम्मेदवारी दर्ताका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको थियो ।गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।