
काठमाडौं । संघीय संसदले विभिन्न ४१ संसदीय मैत्री समूह गठन गरेको छ ।
उहाले संसदीय मैत्री समूहका संयोजकहरुले सम्बन्धीत देशसंग संसदीय सम्बन्ध बढाउन भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । संसदीय मैत्री समूह गठनमा ढिलाई भएको भन्दै उहाले अव सक्रिय रुपमा अघि बढाउन समेत सुझाव दिनुभयो ।सभामुख घिमिरेले संसदीय मैत्री समूहसम्बन्धी कार्यविधि बनाएर व्यवस्थीत गरिने बताउनुभयो ।उहाले संघीय संसदका १६ वटा संसदीय समूहलाई व्यवस्थीत गर्न नसकेको अवस्थामा संसदीय मैत्री समूहलाई सचिव राखेर व्यवस्थीत गर्ने कुरा सम्भव नरहेको बताउनुभयो ।नेपाल–अमेरिका संसदीय मैत्री समूहको संयोजकमा कांग्रेस सांसद डा प्रकाशशरण महत रहनुभएको छ । त्यस्तै अष्ट्रेलियाको संयोजकमा गगन कुमार थापा, फ्रान्सको संयोजकमा विश्व प्रकाश शर्मा, बेलायतको संयोजकमा विराज भक्त श्रेष्ठ, रुसको संयोजकमा रघुजी पन्त, चीनको संयोजकमा नारायणकाजी श्रेष्ठ रहनुभएको छ ।
बिहीबार सिंहदरबारमा सांसद मैत्री समूहको संयुक्त बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विभिन्न ४१ देशका लागि संसदीय मैत्री समूहमा रहेका सांसदको नाम पढेर सुनाउनुभएको थियो । सो क्रममा सभामुख घिमिरेले तीन वटा संसदीय मैत्री समूहको संयोजक तोक्न बाँकी रहेको जानकारी दिनुभयो ।




























